Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा सहयोग

ज्योति विकास बैंकद्वारा सहयोग


काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत कोहलपुर नगरपालिका वडा नं १५, बाँकेस्थित शम्सेरगञ्ज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरू र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । शम्सेरगञ्ज स्वास्थ्य चौकी प्रांगणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर केसीद्वारा कोहलपुर नगरपालिका वडा नं १५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरू औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।

यसका साथै बैंकले काठमाडौँस्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको किरियापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, काठमाडौँ क्षेत्रका क्षेत्रीय प्रमुख दिलिपराज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँडेलले संयुक्तरूपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेका हुन् । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

बैंकले हाल एक सय नौवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३४ करोड ४० लाख १६ हजार एक सय ३२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले ३० करोड ५५ लाख ९९ हजार छ सय ८९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

Open photo

हाल चुक्ता पुँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार दुई सय ८७ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ४८ अर्ब २५ करोड ४१ लाख ३३ हजार छ सय ९४ रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७३ करोड ८३ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९१ करोड ८४ लाख ९८ हजार एक सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दमसलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १० करोड पाँच लाख चार हजार आठ सय २३ रुपैयाँ रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले ४९ अर्ब ५५ करोड ७५ लाख ६१ हजार दुई सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ९१ करोड ५३ लाख २४ हजार पाँच सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६४ करोड ८० लाख ८२ हजार सात सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया