Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिलद्वारा गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम

सिभिलद्वारा गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, माघ २४
सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा गभर्नर डा. नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा सर्वसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण (कर्जा) तथा बैंकिङ सेवा/सुविधाका बारेमा जानकारी दिए । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिए । सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरू घटाई बचत गर्ने बानीको विकासले समृद्धितर्फ उन्मुख गराउने विचार व्यक्त गरे ।

कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्पm आकर्षण बढाउने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया