काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६३ लाख १२ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ११ लाख ९८ हजार नौ सय ५० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९३ करोड ४४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब चार करोड ७७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २८ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७६ करोड २१ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३० करोड ३८ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ४९ लाख २७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया