नेपाल बंगलादेश बैंकको ११औँ विस्तारित सेवा केन्द्र सिमराको डुमारवानामा
काठमाडौं । नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक, डुमरवानामा आफ्नो ११औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । बैंकले उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं. १५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको कम्तीमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
विस्तारित सेवाबाट सो भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।
‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बैंकले आफ्ना एक सय वटा शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएममार्फत बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया