Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल लाइफको कोटेश्वर शाखाबाट दाबी भुक्तानी

नेपाल लाइफको कोटेश्वर शाखाबाट दाबी भुक्तानी


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदाबीको तीन लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो ।

विसं २०६९ माघ २८ गते दुई लाख बीमांकको बीमा गराएको बीमा लेख नं १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधर ज्ञानुले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाँललाई मृत्युदाबीको चेक रकम हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियंका कार्की र वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया