Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्वर्णिम निक्षेप योजना सुरु गरेको छ । उत्कृष्ट प्रतिफल दिने उद्देश्यले योजना सुरु गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ) निक्षेप खाता हो । यो निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दतीबराबरको ब्याजदरको फाइदा लिन सकिनेछ । योजना अवधिभित्र आफ्नो अनुकुलताअनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दतीबराबरको ब्याजदर पाइने बैंकले जानकारी दिएको छ । अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजनाअन्तर्गत उच्चतम ११ दशमलव ५५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यो खाता बैंकका एक सय १८ शाखा कार्यालयहरूमा खोल्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया