Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त


काठमाडौं  । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

शाहले भने, ‘हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्देश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यो कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहितरूपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।

यसअघि हिमालयन जनरलमा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६ दशमलव ५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा गरेका थिए । उनको कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकहरूलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो । हिमालयन जनरलमा आबद्ध हुनुभन्दा अघि शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध रहेका थिए । उनले उक्त कम्पनीमा चार वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकारात्मक छवि दिएका थिए ।

Open photo

हिमालयन जनरल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले भने, ‘बीमा क्षेत्रमा उनको राम्रो अनुभव र बुझाइ छ । उनको कार्यकालमा नेपाल सरकारको लक्ष्यअनुरूप निर्जीवन बीमाका ग्राहकहरूलाई बढीभन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाइमा पु-याउन उनको उल्लेखनीय योगदान रहनेछ । उनीबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नति हुनेमा सञ्चालक समिति विश्वस्त रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया