न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आई इन्स्योर’ जीवन बीमा योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु-याउने उद्देश्यका साथ विभिन्न विशेषताहरू रहेका जीवन बीमा योजनाहरू ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना ल्याएको हो ।
प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफू पछि पनि आफ्नो परिवारको उज्जवल भविष्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यही चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।
विशेषताहरू : नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम पाँच वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आई इन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ट तरिकाले बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । न्यूनतम बीमांक रकम एक लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ ।
उदाहरण : ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड रुपैयाँ बीमांक रकमको नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना लिई मासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा मासिक पाँच हजार दुई सय छ रुपैयाँ बीमाशुल्क मात्र लाग्नेछ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड बीमांक रकमको नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना लिई वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक ५८ हजार तीन सय १० रुपैयाँ बीमाशुल्क मात्र लाग्नेछ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड बीमांक रकमको नेपाल लाइफ आई इन्स्योर जीवन बीमा योजना लिई एकमुष्ट बीमाशुल्क भुक्तानी गर्दा सात लाख ३२ हजार एक सय पाँच रुपैयाँ लाग्नेछ ।
यस योजनामा समावेश भएका सुविधाहरू : बीमाशुल्क तिर्ने तरिकाअनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जसअनुसार वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा एक प्रतिशत छुट, अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा छैन, त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा तीन प्रतिशत छुट थप र मासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गदा छ प्रतिशत थप शुल्क लाग्नेछ । त्यसैगरी बीमांकको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बीमांकमा छुटको व्यवस्था छैन भने २५ लाखभन्दा माथि बीमांकको बीमाशुल्कमा एक प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
समर्पण तथा कर्जा सुविधा : वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।
दुर्घटना मृत्यु लाभ सुविधा : (ऐच्छिक) १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम एक करोड रुपैयाँम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।
बीमांक रकम भुक्तानी पाउने अवस्था : पूर्ण अवधि भुक्तानी
बीमालेख चालू रही बीमा अवधि भुक्तानीसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधाबापत तिरेको रकमबाहेक) बीमितलाई फिर्ता दिइनेछ ।
मृत्युदाबी भुक्तानी : बीमालेख चालू भएको एक वर्षभित्र दुर्घटनाबाहेक अन्य जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम मात्र फिर्ता दिइनेछ ।
बीमालेख चालू भएको एक वर्षभित्र दुर्घटनाको कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमालेख चालू भएको एक वर्षपश्चात् बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधाबापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया