Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र सोवा हेल्थ केयरबीच सम्झौता

नबिल बैंक र सोवा हेल्थ केयरबीच सम्झौता


काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरूले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।

सोवा हेल्थ केयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थ केयरले घरमै नमूना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप)जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको एक सय ३५ वटा शाखा, एक सय ८७ वटा एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया