Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसर्वाधिक हवाइ टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर

सर्वाधिक हवाइ टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर


काठमाडौं । आईएमई–पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाइ टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । क्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही बिजेताहरूको घोषणा लक्की ड्रमार्फत गरिएको छ ।

आईएमई–पेमार्फत हवाइ टिकट बुकिङ गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरू काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङलाई पानीपोखरीस्थित आईएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको एक्सक्लुसिभ अफर रहेको छ ।

उक्त अवसरमा बोल्दै आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले ‘हाम्रो भ्यालेनटाइन्स अफरअन्तर्गत भ्यालेनटाइन्स प्याकेज जित्नुभएकोमा दुई जोडीलाई बधाई ज्ञापन गर्दै विगत केही वर्षदेखि आईएमई–पेमार्फत हवाइ टिकट खरिद गर्दा सर्वाधिक क्यासब्याक (छ सय रुपैयाँसम्मको) रहेको र साथै आईएमई–पेमार्फत हवाई टिकट निकै सहज ढंगले काट्न सकिने सेवाग्राहीहरूको प्रतिक्रिया रहेको पनि बताए ।’

‘आईएमईपे’को बारेमा : ‘आईएमई–पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमईपे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आईएमई डिजिटलले ‘आईएमई–पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो । १५ लाखभन्दा बढी ग्राहकहरूले सिधैँ ‘आईएमई–पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहीआएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया