नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एक तोला सुन उपहार
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको वीरगञ्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा फोन–पेको उपहार कार्यक्रम ‘क्यूआरको गुन, एक तोला सुनअन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका छन् ।
बैंकको आदर्शनगर शाखामा यही माघ २७ गते बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिवराम मिश्रले एक तोला सुन उपहार विजेता राजुकुमार केसीलाई हस्तान्तरण गरेका हुुन् । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस वीरगञ्ज शाखाका शाखा प्रबन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रबन्धक रामबाबु कुमारलगायत बैंकका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपहार विजेता राजु कुमार केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहारस्वरूप सुन पाउँदा आफूलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाइ, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाव दिने कुरा व्यक्त गरेका छन् । त्यसैगरी नेपाल बैंक लिमिटेडका मधेश प्रदेश कार्यालयका प्रमुखश्री शिवराम मिश्रले उपहार विजेतालाई बधाई दिँदै नेपाल बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या दिनप्रतिदिन उल्लेख्यरूपमा बढ्दै गएको जानकारी गराउँदै प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको बताए ।
नेपालभर दुई सय १३ वटा शाखाहरू, एक सय ४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउन्टरलगायत करिब २५ सय कर्मचारीहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्ररूपमा व्यवसाय विस्तार गर्न सफल बैंकप्रतिको विश्वासको कारण नेपाल बैंक सबै पुस्ताका नेपालीहरूको प्रमुख रोजाइको बैंक बन्न पुगेको दाबी बैंकले गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया