Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेष्डो समृद्ध लघुवित्तको नाफा १० करोड ७३ लाख

नेष्डो समृद्ध लघुवित्तको नाफा १० करोड ७३ लाख


काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड २३ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब २७ करोड १२ लाख १८ हजार आठ सय ७० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड ७३ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन सय रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव नौ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुइ अर्ब १७ करोड २९ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६६ करोड ८१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड १८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शुन्य रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव आठ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया