Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं  । अजोड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार आफ्नो चौँथो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले चालू आव २०७८–०७९ को पुस मसान्तसम्म बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरू, १० बीमा एक्टेन्सन काउन्टर र तीनवटा तेस्रो पक्ष बीमा काउन्टरहरूवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप दुई शाखा ठमेल काठमाडौँ, टोखा काठमाडौँ र एउटा उपशाखा बाग्लुङमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।

हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७–०७८ मा कुल बीमा शुल्क एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको, खुद नाफा १० करोड लाख रुपैयाँ रहेको र बीमा कोषमा ११ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क संकलनमा ४८ दशमलव ९८ प्रतिशत, खुद नाफामा ६० दशमलव ३३ प्रतिशत एवं बीमाकोषमा ७९ दशमलव ८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल जानकारी दिएको छ ।

कम्पनीले चौथो वार्षिक साधारणसभामार्फत सञ्चालक समितिको तर्फबाट अध्यक्षे प्रस्तुत आव २०७७–०७८ को चौथो वार्षिक प्रतिवेदनउपर छलफल गरी सोलाई पारित गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरणउपर छलफल गरी सो समेत पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आव २०७८–०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकमा मदन निरौला एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत सोही वार्षिक साधारणसभाले पारित गरेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया