Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सले कमायो १४ करोड ११ लाख

सिद्धार्थ इन्स्योरेन्सले कमायो १४ करोड ११ लाख


काठमाडौं  । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको संस्थाको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३९ रुपैयाँ ७३ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया