Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डका नवनियुक्त बोर्ड अध्यक्ष हमालद्वारा पदबहाली

धितोपत्र बोर्डका नवनियुक्त बोर्ड अध्यक्ष हमालद्वारा पदबहाली


काठमाडौं  । नेपाल धितोपत्र बोर्डका नवनियुक्त बोर्ड अध्यक्ष रमेश कुमार हमालले पदबहाली गरेका छन् । मन्त्री परिषद्को बिहीबारको निर्णयअनुसार बोर्ड अध्यक्षमा नियुक्त भएका हमालले शुक्रबारका दिनमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ बाट पद तथा गोपनीयताको शपथ आइतबारका दिन बोर्डमा पदबहाली गरेका हुन् ।

नवनियुक्त बोर्ड अध्यक्ष हमाललाई बोर्डका उच्च पदस्थ कर्मचारीसहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरेका हुन् । पदवहालीसँगै अध्यक्ष हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । यसका लागि उनले कर्मचारीको मनोबल उच्च राख्ने र बोर्ड भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको बताएका छन् । यो साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरू विनापूर्वाग्राह एक ढिक्का भई लाग्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए । मन्तव्यको क्रममा उनले आजको समयमा धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै बजारको विकास, विस्तार र स्थायित्य कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा भएको बताएका छन् ।

अध्यक्ष हमालले हाल बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि बजारलाई अस्थिर र उत्तारचढावपूर्ण बनाउने गरेको खुलासा गरे । यसका लागि बजारलाई रिजिलियन्ट बनाउन आफू लागि पर्ने बताउँदै यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने विश्वास समेत व्यक्त गरेका छन् । धितोपत्र बजार सर्वसाधारणको जीवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने बताएका छन् । साथै, बोर्ड अध्यक्ष हमालले सम्पूर्ण कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिवृद्धि गर्न निर्देशन समेत दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया