सिद्धार्थ बैंकका ग्राहकहरूले क्लार्क्स रिसोर्टमा छुट पाउने
काठमाडौं । सिद्धार्थ बैंक र वीरगञ्जको गण्डकस्थित क्लार्क्स रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतमा बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र क्लार्क्स रिसोर्टकातर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले क्लार्क्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटलबसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया