मेरो माइक्रोफाइनान्सद्वारा तारकेश्वरको गणेश महिला केन्द्रलाई सहयोग
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मनमैजले तारकेश्वर नगरपालिका ४ लोलाङ स्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।
संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्र बहादुर लामा महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समूहमार्फत संस्थाले महिलाहरूको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरूमा सहयोग गर्दै आएकोमा लघुवित्तप्रति आभार प्रकट गरिन् । त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरू समूहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज विकासमा परिवर्तन आएको समेत बताए ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टामा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत करिब एक लाख ८० हजार घर–परिवारहरूलाई वित्तीय सेवा पु-याउँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया