नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्षमा प्रवेश
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।
जसअनुसार कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । यसैगरी कर्मचारीहरूमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण औपचारिकरूपमा जमघट हुनेगरी कुनै पनि कार्यक्रम गरिएन ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले विगतका वर्षसरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ । यही आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लगेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको जानकारी दिएको छ । कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
कम्पनीको ३५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरू एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- आगामी आर्थिक वर्षको बजेट र गठबन्धन सरकार
- बलात्कारका घटनामा कस्तो हदम्याद
- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनहरूको माग
- दोलखाका विद्यार्थीले पाएनन् किताब !
- बाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग
- कामना सेवा विकास बैंकको ११औँ शाखारहित बैंकिङ सेवा
- काठमाडौंको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाउन सुरु
- म्याग्दीका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा ओझेलमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया