सेञ्चुरी बैंकको थप दुई शाखा टेकु र पेप्सीकोलामा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबार काठमाडौँको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्राडा गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या एक सय २८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २५ शाखारहित बैंकिङ र एक सय सातवटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया