Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको एक्सटेन्सन काउण्टर विराटनगरमा

प्रभु बैंकको एक्सटेन्सन काउण्टर विराटनगरमा


काठमाडौं, माघ २६
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । विराटनगर स्थित यातायात व्यवस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधबार विराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका विच समुद्घाट्न गरेका हुन ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंसिकङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले यातायात व्यवस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभुको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंसिकङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंसिकङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय आठ वटा शाखा कार्यालय, एक सय ५७ वटा एटिम ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंसिकङ सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंसिकङ सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया