Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारणसभा

राष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारणसभा


काठमाडौं, माघ २६
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२ प्रतिशत नगद लाभांषसहितको आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गरेको सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरुको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको विचार ब्यक्त गरे ।

सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, सिँचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण सेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन माथी सेयरधनीहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण राखेका थिए ।

सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले जवाफ दिए । सभामा बैंकका सञ्चालक समितिका सदस्यहरु धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरु, लेखापरीक्षक, सल्लाहकारहरु, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्षहरु लगायतकोे उपस्थिति रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा दुई सय ३९ वटा शाखा कार्यालय, दुई सय पाँच वटा एटीएम र ९३ वटा शाखा रहित बैंसिकङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया