Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ वार्षिकोत्सव

नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ वार्षिकोत्सव


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नोे स्थापनाको ३६ वर्ष पूरा गरेको छ । यो गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित, राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा एक सय ३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ । पाँच पटकसम्म बैंक अफ दि एयर तथा युरो मनी अवार्डबाट सम्मानित भई ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरूमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंकसक्षम रहेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम, बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमहरू बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूले सञ्चालन गरेका छन् । यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब छ मुद्दती खाता’ समेत सञ्चालनमा ल्याएको छ ।

उक्त अवसरमा आफ्ना अनमोल मार्गदर्शन र निर्देशन प्रदान गर्नेे नियामक निकाय, वर्तमान तथा पूर्वसञ्चालक समितिका सम्पूर्ण सदस्यहरू तथा सेयरधनीहरू र अटल विश्वास गर्ने सम्पूर्ण ग्राहकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त छ । यस शुभघडीमा ग्राहकहरूको हितलाई मध्यनजर गर्दै समयसापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिबद्धता बैंक व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया