Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका अध्यक्षद्वारा शपथ

महालक्ष्मी विकास बैंकका अध्यक्षद्वारा शपथ


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको फागुन १३ गते सम्पन्न भएको २०औँ वार्षिक साधारणसभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दिपककुमार रौनियार सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएको र सोही दिन बसेको सञ्चालक समितिको पाँच सय १८औँ बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित एक विशेष समारोहबीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । साथै सोही मितिमा बसेको सञ्चालक समितिको पाँच सय १९औँ बैठकबाट सञ्चालक पदमा सञ्जय गिरी, दिपककुमार रौनियार, श्याम सुन्दर रुङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया