Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकामना सेवा विकासद्वारा महाशिवरात्रिको अवसरमा भक्तजनलाई पानी र जुस वितरण

कामना सेवा विकासद्वारा महाशिवरात्रिको अवसरमा भक्तजनलाई पानी र जुस वितरण


काठमाडौं । महाशिवरात्रिको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा आउने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिरपरिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसैगरी काठमाडौं–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दे आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया