जीवन विकास लघुवित्तद्वारा आवास निर्माणमा श्रमदान
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आवास निर्माणमा श्रमदान गर्न आह्वान गरेको छ । संस्थाले फागुन १६ गते सोमबार वित्तीय संस्थाको तेसो वार्षिक उत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखाहरूमार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिक उत्सव मनाउने क्रममा आवास निर्माणमा सहयोग
गरेको हो ।
यसअन्तर्गत संस्थले थ्री जीरो क्लब तथा नवबिहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न बस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतलगायत केन्द्रीय कार्यालयका कर्मचारीहरू, जिल्ला प्रमुखहरू, शाखा प्रमुख तथा शाखाका कर्मचारीहरू, नवबिहानी समूहका सदस्यहरू, थ्रीजीरो क्लबका सदस्यहरू, वित्तीय संस्थामा आबद्ध सदस्यहरू, स्थानीय संघसंस्था तथा स्थानीय समुदाय गरी तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल २१ वटामा जिल्लामा आफ्ना एक सय ४६ वटा शाखाहरूमार्फत तीन लाख २४ हजार परिवारलाई वित्तीय सेवाको साथै सामाजिक तथा डिजिटल सेवा समेत प्रदान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया