काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई–पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा आईएमई–पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । जसअनुसार आईएमई–पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने साथै प्रयोगकर्ताहरूलाई आईएमई–पे एप वा आईएमई–पे भिसा कार्डको १० प्रतिशत अर्थात् तीन सय ५० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको छुट पाइनेछ । यो छुट रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा आईएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आईएमई–पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरू ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
हरेक आइतबार वालेट डेको सुुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आईएमई–पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।
दराजको बारेमा : नेपाललगायत ४ विभिन्न दक्षिण एसियायी मुलुकस्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरूलाई सर्वोत्तम सपिङ अनुभव प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एपमै ग्राहकहरूले बच्चादेखि बुढा–बुढीसम्मलाई हुने घरायसी सामानदेखि लिएर लुगा–फाटा, मोबाइल फोन, ल्यापटप, मेकअपको सामानसम्म सबै किनमेल गर्न सक्छन् ।
आईएमई–पेको बारेमा : नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई–पे आईएमई ग्रुपको डिजिटल वित्तीय सेवाप्रदायक एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आईएमई–पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्नेर विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध छ ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया