Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैक र एनबी बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने

नबिल बैक र एनबी बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने


काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले एकीकृतरूपमा कारोबार सञ्चालन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नबिललाई एनबी बैंकलाई गाभेर एकीकृत कारोबार गर्न सैद्धान्तिक सहमति दिएसँगै दुवै बैंकले आगामी छ महिनाभित्रमा एकीकृतरूपमा कारोबार सञ्चालन गर्ने भएका हुन् ।

यसअघि गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । जसअनुसार प्राप्तिसम्बन्धी प्रक्रियाको लागि एनबीको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो । प्राप्तिसम्बन्धी उक्त सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट हस्ताक्षर गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया