सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गाईघाटमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गाईघाटमा पनि शाखा खोलेको छ । बैंकका अनुसार ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बीपी चोक, बैंक लाइन, गाईघाट, त्रियुगा नगरपालिका वडा नं.११, उदयपुरमा शाखा सञ्चालनमा ल्याइएको हो । सोमबार उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।
गाईघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या एक सय ११ पुगेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरूलाई अझ सरल र सहज तरिकाले बंैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड १८ लाख २२ हजार चार सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १६ करोड ४८ लाख पाँच हजार एक सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ४५ अर्ब ९२ करोड ५४ लाख ९९ हजार नौ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड पाँच लाख ७० हजार सात सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ५८ लाख ८३ हजार छ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १८ करोड चार लाख २६ हजार आठ सय ५९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४५७ लाख ४८ हजार चार सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५४ करोड २१ लाख २३ हजार तीन सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया