राष्ट्र बैैंकले वोमी र सूर्योदय लघुवित्तलाई दियो मर्जरको लागि अन्तिम स्वीकृति
काठमाडौं । वोमी लघुुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि अन्तिम स्वीकृति भएको छ । मर्जरमा सहभागी वोमी लघुवित्तका अनुसार नेपाल राष्ट्र बैंकको यही फागुन पाँच गते प्राप्त भएको पत्रअनुसार मर्जरको लागि अन्तिम स्वीकृति पाएको हो । स्वीकृति पाएपश्चात् भने छिटै नै मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सञ्चालन गर्ने तयारी संस्थाहरूले गरेका छन् ।
मर्जरमा सहभागीमध्ये वोमीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ७७ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ३१ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब १४ करोड ६६ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६९ करोड १४ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ७४ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ७७ लाख नौ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब चार करोड ४५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७१ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६८ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५३ लाख ७१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८५ प्रतिशत रहेको थियो ।
यसैगरी सूर्योदयले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १८ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ७१ करोड ४१ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ४४ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड १९ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७० लाख पाँच हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव चार प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ७५ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७८ करोड १३ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६९ लाख ७९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया