नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीहरूलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यसअन्तर्गत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारीहरू सम्पूर्णको तलबी खाताहरूमा बैंकले बचत निक्षेपहरूको उच्चतम ब्याजदर प्रदान गरी भिसा डेबिट (एटीएम) कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिष्ट्रेसन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिँदा सेवाशुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, डिम्याट, सी–आस्वा, मेरो सेयरको रजिष्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरूलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्नेलगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विनाकुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, विश्वविद्यालयको आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्टर, बैंक ब्रान्च स्थापना गरी बैंकले सेवा प्रदान गर्नेलगायत विविध बैंकिङ सेवा एवं सुविधाहरू उपलब्ध गराउने सम्वन्धमा पोखराको लेकसाइडमा भएको उक्त सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा. दीपक बहादुर भण्डारी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अधिकारीले नेपालको पहिलो बैंक र विश्वविद्यालयबीचको सम्झौताले दुवैलाई उचाइमा पु-याउने विश्वास व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउँदै विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पु-याउन सकिन्छ भन्ने विषयमा आफूहरूको जोड रहने उल्लेख गरे । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिकरूपमा लिएको बताउँदै आर्थिक कारोबारको रूपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयको उपकुलपति प्रेमनारायण अर्याल, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारीहरू, बैंकका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४१ करोड ७० लाख ५८ हजार आठ सय ३५ रुपैयाँ खुद कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३५ करोड चार लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा एक खर्ब ८२ अर्ब ८४ करोड नौ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६३ अर्ब १० करोड ९४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब दुई करोड ४९ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा दुई दशमलव ९१ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने ४१ करोड तीन लाख १५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ३३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ४२ करोड चार लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ९७ करोड १३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नर्भिकमा दुई टिमले युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने
- अघि बढ्दै हिमाल सरसफाइ अभियान
- विदा भए भीमदत्तका जनप्रतिनिधि
- आईएमई पेबाट हवाइ टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का उपहार
- इ–सेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना
- आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरू
- बजेटमा कार्यक्रमभन्दा कार्यान्वयनको खोजी
- आप्रवासी श्रमिकलक्षित कार्यक्रमका लागि फिफाले ४४ करोड अमेरिकी डलरबराबरको सहयोग गर्नुपर्ने माग
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया