Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता


काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दैै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिषाकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई थप सेवासुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरू (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक)मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी एक सय ३७ वटा शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएममार्फत ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रीयरूपमा सहभागी हुँदै आएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया