समता घरेलुको सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ निष्काशन (फर्दर पब्लिक इस्यु)को लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । साबिक समता लघुवित्त वित्तीय संस्थ र साबिक घरेलु लघुवित्त वित्तीय संस्थाबीच सेयर आदानप्रदान दर १००ः८० (समताः घरेलु) कायम हुनेगरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पुुँजी २८ करोड ५६ लाख २० हजार एक सय ६० रुपैयाँ रहेको छ । त्यसमा पनि २० प्रतिशत बोनसपश्चात् संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९२ रुपैयाँ भएकाले सेयर संरचना ७०ः३० (संस्थापकः सर्वसाधारण) कायम हुनेगरी जारी हुन बाँकी सेयर फर्दर पब्लिक इस्युद्वारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको संस्थाले जनाएको छ ।
सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया