Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई भीआईपी क्लब एन्ड लाउन्ज बारमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई भीआईपी क्लब एन्ड लाउन्ज बारमा छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भीआईपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेे ग्राहकहरूले विभिन्न सेवाहरूमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दैै आइरहेको छ ।

बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलरकार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलरकार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया