Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र पोखराको अतिथि रिसोर्टबीच सम्झौता

नेपाल बैंक र पोखराको अतिथि रिसोर्टबीच सम्झौता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र पोखराको अतिथि रिसोर्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल बैंक र अतिथि रिसोर्ट यही फागुन २० गते भएको सम्झौताबमोजिम नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो ।

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिसोर्टप्रति हार्दिक आभार व्यक्त गरेका थिए । अतिथि रिर्सोटका प्रबन्धक निर्देशक शर्माले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा यो सहकार्य थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरि बुढाथोकी, बैंकका कर्मचारीहरू र अतिथि रिसोर्टका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया