जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फेरेन्स–२०७८ सम्पन्न
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्धवार्षिक मार्केटिङ कन्फेरेन्स २०७८ सम्पन्न गरेको छ । कम्पनीले यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडामा देशैभरका बजार विभागका कर्मचारीहरू, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यहरूको उपस्थितिमा सभ्य–भव्यरूपमा अर्धवार्षिक मार्केटिङ कन्फेरेन्स २०७८ सम्पन्न गरेको हो ।
कार्यक्रममा शाखा कार्यलयहरूको विगत वर्षहरूको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी वर्षका रणनीतिक योजनाहरू पनि छलफल भएको कम्पनीले जानकारी दिएको छ । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए । पोखरा शाखा प्रमुख शिव प्रसाद देवकोटाले स्वागत गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेका थिए । कार्यक्रम सञ्चालकद्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चलेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रम मा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्र पत्र प्रदान गरेको थियो । सञ्चालक आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरूको समीक्षा सकेसम्म त्रैमासिक अवधिमा कार्य समीक्षा समयसापेक्ष हुने र योजना पनि यथार्थपरक हुने विषयमा जोड दिएका थिए । उनले बजारमा गरिएका अनावश्यक हल्लाहरूको पछि नलाग्न र दत्तचित्त भई कम्पनीको योजना र उद्देश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरे ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारीहरूलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीहरूलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशितरूपले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि आग्रह गरे ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया