Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक र नेपाल उद्यमशील महिला महासंघसहितका संस्थाहरुबीच सम्झौता

एनएमबी बैंक र नेपाल उद्यमशील महिला महासंघसहितका संस्थाहरुबीच सम्झौता


काठमाडौँ, माघ २७
एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच सम्झौता भएको छ । बैंकले संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेपाल हातेकागज उद्यमी संघका तर्फबाट अध्यक्ष, नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष, बुद्धिपुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष, देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।

बैंकले परम्परागत बैकिङभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशिल विकास प्रर्वधन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिदैं आएको अवगत गराए । यही प्रयासको निरन्तरतास्वरुप यी संगठनबीच समझदारी भएको जानकारी प्रमुख कार्यकारी अधिकृत के.सी.ले गराए ।

कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताउदै नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया