Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकद्वारा रकम सहयोग

कामना सेवा विकास बैंकद्वारा रकम सहयोग


काठमाडौं, माघ २८
कामना सेवा विकास बैंकले रकम सहयोग गरेको छ । बैंकले पोखरा महानगरपा विलका वडा नं. १९ पुरुन्चौरस्थित शाखा कार्यालयमार्फत आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लामाचौर बगैंचास्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोगस्वरुप एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका अनुुसार सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुुन् ।

उक्त कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले गरेका थिए । बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागतमन्तव्य राखेका थिए । यसैगरी वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेकोले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्ण प्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष श्रीमती पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक श्रीमती सीता काफ्ले, अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेललगायतको उपस्थिति रहेको थियो ।

बैंकले सबै क्षेत्रमा गरी एक सय १८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैैकिङ, मोवाईल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया