Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा गौतम बुद्ध क्रिकेट रंगशालालाई एक करोड सहयोग

ग्लोबल आईएमई बैंकद्वारा गौतम बुद्ध क्रिकेट रंगशालालाई एक करोड सहयोग


काठमाडौं, माघ २९
ग्लोबल आईएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रूपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुुन् ।

देशकै गौरबको योजनाको रूपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो । राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरूले गरेको प्रगतिलाई थप ऊर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंकपरिवार अत्यन्तै खुसी छ । ग्लोबल आईएमई बैंक परिवार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहनाअनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया