Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपाल बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं, माघ २९
नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्तरूपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

एक्सटेन्सन काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्सन त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघिसारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् । एक्सटेन्सन काउन्टरको शुभारम्भमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत बलाराम दाहाल, सशस्त्र प्रहरीका डीएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखा प्रबन्धक सुरेन्द्रप्रसाद यादवलगायत सहभागी रहेका थिए ।

बैंकका प्रवक्ता अधिकारीका अनुसार हाल बैंकले एक सय ७६ शाखा, २५ वटा एक्सटेन्सन काउन्टर र एक सय १६ एटीएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या एक सय ४९ पु-याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा दुुई सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया