Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १३ सय ४४ अंकमा

बजार परिसूचक १३ सय ४४ अंकमा


काठमाडौं, फागुन २
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक एक दशमलव ३९ अंकले ओरालो लागेर १३ सय ४४ दशमलव ५९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले ओरालो लागेर दुुई सय ८४ दशमलव २४ अंकमा झरेको छ । यसदिन एक सय ७२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १७ हजार छ सय ९८ वटा कारोबारमा ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार सात सय ४६ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार पाँचवटा समूहको सूचक ओरालो लागेका छन् भने सातवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ९४ अंकले ओरालो लागेर ११ सय ४४ दशमलव ७७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक आठ दशमलव ६२ अंकले ओरालो लागेर १८ सय १९ दशमलव ६७ अंकमा झरेको छ । यसैगरी जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव ४७ अंकले ओरालो लागेर एक हजार सात दशमलव २० अंकमा झरेकोमा होटल र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः ३१ दशमलव ४३ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।

निर्जीवन बीमा समूहको सूचक भने यसदिन ५५ दशमलव ९२ अंकले उकालो लागेर छ हजार दुुई सय दशमलव ९२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय दुुई दशमलव ७४ अंकले उकालो लागेर सात हजार छ सय ३७ दशमलव १९ अंकमा चढेको छ । यसैगरी टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः २३ दशमलव ८९, शून्य दशमलव १८, ३८ दशमलव ६६, शून्य दशमलव २४ र ३८ दशमलव ६६ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपती माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर नौ सय ८५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिस्ट्रिलरी प्रालीको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर १३ सय ५१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक राधी जलविद्युुत् कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदि परेका छन् । बढी गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल हाइड्रोडेभलपर कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ १० पैसाले घटेर एक सय ३० रूपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ ९१ पैसाले घटेर चार सय ८३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन बढी रकम कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ५१ रूपैयाँ अन्तिम मूल्यमा १२ करोड ४६ हजार छ सय ४१ रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता पाँच सय ७७ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ७५ लाख ३४ हजार तीन सय ८८ रूपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एशिया बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया