Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा फुड फर लाइफ नेपाललाई सहयोग

कुमारी बैंकद्वारा फुड फर लाइफ नेपाललाई सहयोग


काठमाडौं, फागुन २
कुमारी बैंक लिमिटेडले फुड फर नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फूड फर लाइफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग पु-याएको हो । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पु-याउँदै आएको छ । संस्थाको सह्रनीय प्रयत्नलाई प्रोत्साहनस्वरूप बैंकले पाँच लाखको सहयोग पु-याएको हो । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्नजाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पु-याएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फुड फर लाइफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोहमाझ उक्त सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । आफ्ना देशव्यापी एक सय २६ शाखा सञ्जाल, एक सय १७ एटीएम, छ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया