Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी श्रेष्ठलाई बधाई तथा शुुभकामना

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी श्रेष्ठलाई बधाई तथा शुुभकामना


काठमाडौं, फागुन २
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बधाई तथा शुभकामना दिइएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्ष पदमा निर्वाचित भएसँगै ‘म्यानेजर अफ दि एयर २०१९’ पुरस्कार प्राप्त गरेका र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागततर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएका बैंकका विभागीय प्रमुखहरू तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्ष श्रेष्ठले ‘म्यानेजर अफ दि एयर २०१९’ को पुरस्कार पाउनु बैंकभित्रका सम्पूर्ण कर्मचारीहरूको सामूहिक प्रयासको उपज हो भन्दै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताए ।

विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताए । कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया