Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको बीमासहितको बचत खाता

कामना सेवाको बीमासहितको बचत खाता


काठमाडौं, फागुन ४
कामना सेवा विकास बैंकले बीमा सहितको बचत खाता सञ्चालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा सात लाख सम्मको दुर्घटना बीमा र एक लाख सम्मको ओषधी उपचार बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिनसक्ने र बंैकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा एक सय १८ वटा शाखा तथा ६२ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया