Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा सार्वजनिक शौचालय हस्तान्तरण

एभरेष्ट बैंकद्वारा सार्वजनिक शौचालय हस्तान्तरण


काठमाडौं, फागुन ४
एभरेष्ट बैंक लिमिटेडले शौचालय हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यअनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिमतर्फ छक्कुबक्कु मन्दिरनजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको हो ।

उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।

उक्त सार्वजनिक शौचालय, बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा का.म.पा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितमा बैंकको सीएसआर कमिटीका सदस्य डा. गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्तरुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गरेका हुन ।

एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथै क्यामेल रेटिङ अन्तर्गत बेष्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले हाल ९५ शाखा, तीन वटा एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २२ एटीएमबाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया