सगरमाथा इन्स्योरेन्सको २५औँ साधारणसभा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.को २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बुधबार काठमाडौंमा साधारणसभा गरेको हो । साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मानन्धरले विगतका वर्षहरुमा कोरोनाको कारण भौतिक रुपमा उपस्थित भई साधारणसभा गर्न नसकेको र यस वर्ष भने सबै सेयरधनीहरु समेत उपस्थित भएर भेटघाट गरी साधारणसभा सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १६.०५ प्रतिशतले व्यवसाय वृद्धि गर्दै दुई अर्ब ६१ करोड बराबरीमा शुल्क आर्जन गरी एनएफआरएस अनुसार ४४ करोड ७४ लाख २५ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिइएको थियो ।
साधारणसभामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्ममा १०.८६ प्रतिशतले वृद्धि गरी एक अर्ब १६ करोड ७९ लाख बराबरको कुल दाबी भुक्तानी गरेको बताएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आव २०७८/०७९ को चैत मसान्तसम्ममा २१.९७ प्रतिशतले व्यवसाय वृद्धि गरी दुई अर्ब ४३ करोड आर्जन गरेको सीईओ क्षेत्रीले बताए ।
साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको प्रस्ताव, कम्पनीको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया