नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण
काठमाडौं । नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परीक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मिहिनेती तथा जेहेन्दार सन्तानहरूका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनीत कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने दुई जना पुरुष र दुई जना महिला सन्तानहरूलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम ५० हजार रुपैयाँ प्रत्येक विजेता कर्मचारीका सन्तानहरूलाई प्रदान गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि उनिका खनाल, दिपसन भट्टराई र मुकुल अर्याललाई उक्त छात्रवृत्ति प्रदान गरेको छ ।
नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरू, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरू, पूर्वअध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरूलाई छात्रवृत्तिको रकमसहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले स्व. शम्भु प्रसाद पौड्यालले बैंकलाई प-याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धि र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया