Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तको नाफा पाँच करोड दुई लाख

मिथिला लघुवित्तको नाफा पाँच करोड दुई लाख


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड दुई लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६४ करोड ४५ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड ७८ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड २६ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७१ लाख १९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड १५ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६२ करोड २० लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४६ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४४ लाख ६९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९१ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया