Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति सहकार्यको नाफा तीन करोड ७९ लाख

उन्नति सहकार्यको नाफा तीन करोड ७९ लाख


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ९० लाख तीन हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ५२ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३५ करोड ४५ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ७२ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौं लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ९३ करोड ३५ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९७ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड २० लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई लाख सात हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९२ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया