सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ सेवा अब आइतबार पनि खुल्ला हुने
काठमाडौं । नेपाल सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । यसअन्तर्गत हाल बैंकले प्रदेश नं. १ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लाबारी, विराटचोक, बिर्तामोड, इटहरी, धरान, धनकुटा, वसन्तपुर, दमक र पुष्पलाल चोक)बाट यही जेठ १ गतेदेखि नै सेवा प्रदान गर्नेछ र आगामी दिनमा बजारको आवश्यक र ग्राहकको मागबमोजिम आइतबार सञ्चालन हुने शाखा संख्या बढाउँदै लैजाने नीति बैंकले लिएको छ ।
आइतबार सञ्चालन हुने शाखाहरुमा बैंकले बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सेवा प्रदान गर्नेछ । यसरी सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेपश्चात् आइतबार पनि बैंकिङ सेवा दिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरुमा नै पहिलो बैंक रहेको जानकारी समेत बैंकले दिएको छ । बैंकको यस थप सेवाले ग्राहकवर्गमा सुविधा पुग्न जाने र आइतबार सञ्चालन हुने बजारलाई केही हदसम्म भए पनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने र बैंकको यस प्रकारको सेवाले बैंक र जनताबीचको सम्बन्ध र विश्वास अझ प्रगाढ हुंदै जाने तथा व्यवसाय विस्तारमा सहयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले गा्रहक सुविधा विस्तार गर्दै लाने क्रममा चाँडै नेपाल, भारत र भुटानमा समेत सञ्चालन हुने तथा नेपालभर सञ्चालनमा ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने गरि वितरण समेत निःशुल्करुपमा डेविट कार्ड जारी गर्दै छ भने थप सुविधाका साथ दुई बचत योजना (शून्य मौज्दातमै खाता खोली डेबिट कार्ड, स्मार्ट बैंकिङ्ग समेत निःशुल्क प्राप्त गर्न सकिने एक र अर्को ग्राहक बैंकमा गई लाइन नबसी विशेष सेवा प्राप्त गर्नसक्नेलगायत थप विशेष सेवासहितको भीआईपी बचत खाता गरी दुई बचत खाताहरु) समेत सञ्चालन गर्नलागेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया