सात दिनमा साढे आठ अर्बको सेयर खरिदबिक्री
बजार परिसूचक दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा
काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५३ दशमलव ९६ विन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६० हजार तीन सय ३२ पटकको कारोबारमा दुई करोड पाँच लाख ५६ हजार छ सय ५४ कित्ता सेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम आठ अर्ब ५६ करोड ६१ लाख ४१ हजार आठ सय ५९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार ९३ हजार दुई सय २६ पटकको कारोबारमा एक करोड २२ लाख ५५ हजार आठ सय ६७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ३४ करोड ७२ लाख ७९ हजार एक सय ८६ रुपैयाँ पुुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन लगातार सेयरबजार परिसूचक उकालो लागेको थियो भने पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक १७ दशमलव ९५ अंकले उकालो लागेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव आठ अंंकले उकालो लागेर चार सय ३६ दशमलव ३५ विन्दुमा चढेकोे थियो । दोस्रो कारोबार पनि बजार परिसूचक १२ दशमलव २७ अंकले उकालो लागेर दुई हजार दुई सय ६७ दशमलव ८४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंंकले उकालो लागेर चार सय ३९ दशमलव ४७ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक ४४ दशमलव १६ अंकले उकालो लागेर दुई हजार तीन सय १३ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंंकले उकालो लागेर चार सय ४७ दशमलव १४ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक ५६ दशमलव छ अंकले उकालो लागेर दुई हजार तीन सय ६९ दशमलव छ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ५२ अंंकले उकालो लागेर चार सय ५६ दशमलव ६६ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक १८ दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंंकले ओरालो लागेर चार सय ५३ दशमलव ९६ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया